गरीवी निवारणसंग सवन्धित उत्कृष्ट समाचार तथा फिचर लेखहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले गरीवी निवारण कोषले गरीवी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गरेकोछ । प्रिन्ट मिडिया तथा विद्युतिय गरि ४ फरक फरक विधामा यो पुरस्कार प्रदान गरिनेछ । गरीवीका समग्र मुद्धाहरु, सफलता र सिकाईहरुलाई आम सचारमा ल्याउनका लागि यो पुरस्कारका स्थापना गरिएको हो ।
१. राष्टिय प्रिन्ट मिडिया (नेपाली ) : नेपालवाट प्रकाशित हुने दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुमा नेपाली भाषामा प्रकाशित समाचार अथवा फिचर लेख
२. राष्टिय प्रिन्ट मिडिया (अग्रेजी) : नेपालवाट प्रकाशित हुने दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुमा अग्रेजी भाषामा प्रकाशित समाचार अथवा फिचर लेख
३. विद्युतिय सञ्चार माध्यम : टेलिभिजन,रेडियो र अनलाईन मार्फत प्रशारित तथा प्रकाशित समाग्री
४. स्थानीय प्रिन्ट मेडियास : मोहफसलवाट प्रकाशित हुने दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुमा नेपाली भाषामा प्रकाशित समाचार अथवा फिचर लेख
सवै विधा अन्तर्गत पुरस्कारका लागि रु ४०,०००(चालिस हजार रुपैयाँ) र प्रमाण पत्र प्रदान गरिनेछ । उक्त पुरस्कारको छनौट एवं व्यवश्थापनका लागि कोषले नेपाल आर्थिक पत्रकार समाज (सेजन) संग सहकार्य गरेकोछ । हरेक वर्ष अक्टोवर १७ मा मनाईने गरीवी निवारण सवन्धी अन्तराष्टिय दिवस (International Day for Eradication of Poverty) को अवसरमा विशेष समारोहका आयोजना गरी यो पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कारको व्यवश्थापन
पुरस्कारका लागि लेख रचनका छनौट, आवश्यक प्रचार प्रसार, र समग्र व्यवश्थापनका लागि कोषले आर्थिक पत्रकार समाजसंग सहकार्य सम्वन्धि समझदारी गरेको छ ।
निर्णायक मण्डल
सेजन र कोषको समझदारीमा तिन सदस्यीय निर्णायक मण्डल गठन गरिनेछ । यो निर्णायक मण्डलले पुरस्कारसवन्धी सवै कार्यविधि र नियमहरु वनाउन सक्नेछ । निर्णायक मण्डलमा कोषका एक प्रतिनिधि, सेजनका प्रतिनिधिका रुपमा एक जना वरिष्ठ पत्रकार र अर्काे एक वाह्य विशेषज्ञ ९अर्थशास्त्री अथवा पत्रकार रहने व्यवश्था गरिएकोछ ।
लेख रचना तथा समाचार सम्वन्धी व्यवश्था :
१. पुरस्कारका लागि समाचार सामाग्री मिति २०७४ साउन १ गते देखि २०७५ असार ३१ गते भित्र प्रकाशन तथा प्रसारण भएको हुनुपर्नेछ ।
२. विद्युतिय सञ्चार माध्यम ( टेलिभिजन,रेडियो र अनलाईन) को लागि समाचार तथा कार्यक्रम प्रसारण भएको हुनुपर्नेछ ।
३. स्थानीय प्रिन्ट मिडियाको हकमा मोफसलमै प्रकाशित हुने दैनिक,साप्ताहिक र पाक्षिक पत्रपत्रिकालाई समावेश गरिनेछ ।
पुरस्कारका लागि आफ्ना लेख रचना तथा प्रसारित सामाग्री मिती असोज २९, २०७५ भित्र सेजनको कार्यलय, अनामनगर तथा गरीवी निवारण कोषको कार्यलयमा पठाउन सकिनेछ ।
नेपाल आर्थिक पत्रकार समाज
nepal.sejon@gmail.com
टेलिफोन - ४१०२९७४
www.sejonnepal.org.np
गरीवी निवारण कोष
ताहचल पोष्ट वक्स ९९८५
info@pafnepal.org.np
टेलिफोन - ४०३०७००
www.pafnepal.org.np