गरीबी निवारण कोष ‘नेपालमा द्वन्द्व प्रभावितहरूका लागि बजार विकास’ परियोजनाले द्वन्द्व–प्रभावित क्षेत्रहरूमा विपन्न कालिगढहरूका लागि बजार सिर्जना गर्नमा केन्द्रित छ । परियोजनाले दक्ष कालिगढहरूलाई बजारसँग जोड्छ । यसले गर्दा गरीब कालिगढहरूको आयस्तर वृद्धि भई उनीहरूको जीवनस्तर सुध्रिनुका साथै नेपाली सम्पदासँग गाँसिएका परम्परागत सीपहरूको संरक्षणसमेत हुन्छ ।
म्याग्दीकी लीलादेवी पुनले एक वर्षको अन्तरालमै हस्तकला व्यवसायमा महत्वपूर्ण स्थान बनाउन सफल भएकी छिन् ।
कोषद्वारा सहायता प्राप्त नमूना ढाका उत्पादक समूहकी सक्रिय सदस्य पुनले ग्रामीण महिलाहरूको आयस्तर उकास्न हस्तकला सामग्रीहरूको प्रवद्र्धनमा प्रभावकारी काम गरिरहेकी छिन् ।
ढाका बुन्नेमा प्रायःजसो दुर्गम तथा पहाडी जिल्लाका महिलाहरू रहेका छन् । पुनका अनुसार, तीमध्ये धेरैजसो महिलाहरू बजारमा पहुँच नभएकोले बिचौलियाहरूको शोषणमा पर्ने गरेका छन् । उनी भन्छिन्, “ग्रामीण हस्तकला बजारको मागमा आधारित भई सामग्रीहरू उत्पादन, मूल्य निर्धारण र बजारीकरणको लागि कोेषले ग्रामीण महिलाहरूलाई गरेको सहायताले अवस्था फेरिएको छ ।”
कोषले ढाका उत्पादकहरूलाई व्यवसायिक तथा प्राविधिक सीप प्रदान गर्ने मात्र नभई कालिगढहरूलाई ‘उत्पादक समूह’ को रूपमा एकजुट पनि बनाएको छ, पुनको विचार छ । “कालिगढहरूले धेरै कच्चा पदार्थ किन्दा कम मोलमा प्राप्त गरी लागत घटाउन सकिने हुनाले उत्पादक समूहको निर्माण नै सामूहिक सशक्तीकरणका लागि महत्वपूर्ण चरण थियो । त्यही भएर हामी सस्तो भाउमा सामान दिएर बजारमा प्रतिस्पर्धा गर्न सक्छौँ”, पुनको भनाइ छ ।
अन्य प्रदर्शनीहरूका साथै गनिकोको सहयोगमा २०७३ असार ९ देखि १३ गतेसम्म काठमाडौँमा भएको चौधौँ हस्तकला व्यापार मेलामा पुनले पनि भाग लिएकी थिइन् ।
“प्रदर्शनीमा हामीले थुपै्र सामान प्रदर्शनी र बिक्री ग¥यौँ’’, उनले अनुभव सुनाउँछिन् । “प्रदर्शनीमा भाग लिएर हामीले उपभोक्ताहरूको रुचि र मागलाई बुझ्न पायौँ”, उनी भन्छिन्– त्यसकारण अब हामी प्रदर्शनी तथा मेलाहरूमा हाम्रा उत्पादनहरू प्रभावकारी किसिमले प्रदर्शन गर्न सक्नेभएका छौँ ।
गरीबी निवारण कोष ‘नेपालमा द्वन्द्व प्रभावितहरूका लागि बजार विकास’ परियोजनाले द्वन्द्व–प्रभावित क्षेत्रहरूमा विपन्न कालिगढहरूका लागि बजार सिर्जना गर्नमा केन्द्रित छ । परियोजनाले दक्ष कालिगढहरूलाई बजारसँग जोड्छ । यसले गर्दा गरीब कालिगढहरूको आयस्तर वृद्धि भई उनीहरूको जीवनस्तर सुध्रिनुका साथै नेपाली सम्पदासँग गाँसिएका परम्परागत सीपहरूको संरक्षणसमेत हुन्छ ।
यस परियोजनाअन्तर्गत कोषले उत्पादित सामग्रीहरूलाई डिजाइन र रङका आधारमा विविधीकरण गर्नेदेखि प्रतिस्पर्धात्मक मूल्य निर्धारण र नेपाल तथा विदेशका सम्भाव्य क्रेताहरूसँग स्थानीय कालिगढहरूलाई बजार सञ्जाल विकास गर्न सक्षम बनाउनेजस्ता विविध पक्षहरूमा तालिम प्रदान गर्दछ ।